पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
अहिलेलाई वरिष्ठ नेता पद लिएका उनले आगामी प्रदेश सभा निर्वाचनबाट कोशीको मुख्यमन्त्री हुने योजनासहित हर्कको पार्टीमा प्रवेश गरेका हुन् ।
लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच शुक्रबार सहमति भएको हो ।
बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइएको छ ।







