माउन्ट अन्नपूर्ण SEE स्पोर्ट्स फेस्ट सुरु

पोखरा । पोखरा–३, नदिपुरस्थित माउन्ट अन्नपूर्ण माविले SEE दिएका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक बनाउन छैटौं SEE स्पोर्ट्स फेस्ट सुरु गरेको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन छात्र भलिवल तथा छात्र–छात्रा बास्केटबलका खेल सम्पन्न भएका छन् ।

फेस्ट बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, बास्केटबल र टेबल टेनिसका खेलहरू समावेश छन्, जहाँ विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विद्यालयका अनुसार, खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने मुख्य उद्देश्यका साथ फेस्ट आयोजना गरिएको हो ।

Scroll to Top