सार्वजनिकस्थलमै भिडे महेश पत्नी र शोभा पाठक, ८ पक्राउ

काठमाडौंको माइतीघर मण्डलमा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र बस्नेतमाथि बलात्कार आरोप लगाएकी शोभा पाठकबीच भीडन्त नै भएको छ ।

सोमबार माइतीघरमा उनीहरूबीच हात हालाहालत भएको हो । दुई जनाको झगडा छुट्याएर प्रहरीले अम्बिका र शोभालाई नै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ ।

शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुर्नवहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका बेला महेशकी श्रीमती अम्बिका दलबलसहित आएर शोभालाई भुत्ल्याउन थालेको आरोप लगाइएको छ ।

परिसरका प्रवक्ता एवंं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार दुवैको झगडा छुट्याएर अहिले परिसरमा लगिएको छ ।

शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए ।

सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडेकी थिइन् । आज प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

Scroll to Top