राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले १३ जनालाई सचिवालय सदस्य राखेका छन् ।
भुसालले सचिवालय सदस्यमार्फत स्थानीय प्रशासनमा पकड जमाउन प्रयास गरेको पाइएपछि उनले यस विषयमा प्रष्ट्याउँदै जनताको काम सहजरुपमा होस् भनेर उक्त प्रयास गरेको बताएका छन् ।
यद्यपि, सांसद भुसालले सचिवालय सदस्यमार्फत पर्वतका सरकारी कार्यालयमा अनपेक्षित दबाब दिएर पहुँच बढाउन प्रयास गरेको जिल्लाका सञ्चारकर्मीले जानकारी दिए ।
उनले ८ वैशाखमा एक पत्र लेखेर जिल्ला प्रशासन कार्यालय तथा पर्वत जिल्लाका सबै कार्यालयलाई बोधार्थ दिएका छन् ।
उक्त पत्रमा भुसालले, ‘म, प्रतिनिसभा सदस्य सागर भुसालले मेरो सचिवालयमा विभिन्न कार्य सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उदेश्यले देहाय बमोजिमका सचिवालय सदस्यहरू चयन गरेको सम्बन्धित सबैमा जानकारी गराउँदछु’ उल्लेख गरेका छन् ।
भुसालले सदस्यमार्फत दबाब बढाएको समाचार प्रकाशित भएपछि उल्टै मिडियामाथि खनिएका छन् । उनको भनाईमा पत्रकारले तथ्यबीनै समाचार लेखेको र जिम्मेवार पत्रकारिता गर्न सुझाइएको छ ।
पत्रपछि आलोचना बढेकोमा भुसालले उल्टै मिडियालाई तथ्यपरक समाचार नलेखेको भन्दै पत्रकारिता सिकाएको पर्वतका पत्रकार बताउँछन् ।
सचिवालय सदस्यहरुः
चुडामणी खनाल
दिनेश थापा
अशोक भुर्तेल
इन्द्र जिसी
नवराज केसी
घैलेन्द्र केसी
गंगालाल रिमाल
गरुदत्त सुवेदी (नविन)
रमेश कुमार श्रेष्ठ
राजु प्रसाद शर्मा
लेखनाथ रिजाल
केशव लामिछाने







