प्रदेशले गाडी लिलाम गर्ने, आपतकालीन स्वास्थ्य कोषमा ५ करोड राख्ने

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधन र जिन्सी सामान व्यवस्थापनका लागि प्रयोग गर्न नमिल्ने सामग्री नष्ट गर्ने र अन्यलाई लिलाम गर्ने निर्णय गरेको छ।

आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज पत्रकार सम्मेलनमा यससम्बन्धी कार्यविधि संशोधन गरिएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले संक्रामक तथा सरुवा रोग नियन्त्रणका लागि ५ करोड रुपैयाँको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय गरेकोसमेत उनले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री शेरचनले पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गर्दै ५३ प्रकारका छिटो संक्रमण हुने रोग नियन्त्रण र उपचारका लागि कोष प्रयोग गरिने जानकारी दिए।

Scroll to Top