नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेल भइरहेका बेला केसीले सामाजिक सञ्जालमार्फत अम्पायरप्रति दिएको अभिव्यक्ति खेल भावनाविपरीत रहेको ठहर गर्दै क्यानले कारबाही गरेको हो।
संघका अनुसार केसीलाई एक खेल प्रतिबन्धसँगै १०० प्रतिशत म्याच शुल्कसमेत जरिवाना गर्ने निर्णय गरिएको छ।
करणले शनिबार सामाजिक सञ्जाल फेसबुकमा अम्पायरहरूप्रति चेतावनीसहितको भनाइ राखेका थिए । ‘कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए।
सामाजिक सञ्जालमा करणको यही भनाइपछि क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर लिखित रुपमै आपत्ति जनाएको थियो ।
करणले शनिबार नै सामाजिक सञ्जालको उक्त भनाइ हटाएर क्षमायाचना गरिसकेका छन् ।







