सांस्कृतिक एकताको सन्देश बाँड्दै पोखरामा मनाइयो ‘ट्होटें’

तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व पोखराका गुरुङ समुदायले सम्पूर्ण पर्व र संस्कृतिबीच एकता र सद्भावको सन्देश प्रवाह गरेका छन् ।

तमु धिं नेपालको आयोजनामा आज मंगलबार बृहत् र्‍यालीसहित पोखरामा ट्होटें पर्व मनाएका हुन् । हरेक वर्षको साउन र चैतको अन्तिममा यो मनाउने पर्व यो मनाउने गरिन्छ ।

गण्डकीलगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातिको महान चाडको रुपमा वर्षको साउन र चैत महिनाको दुई वटा मङ्गलबारमा ट्होटें मनाइने गरिन्छ ।

पहिले गाउँ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले गुरुङको पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरिन्छ । तमु (गुरुङ) भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

तस्बिरः अर्जुन गाहा र नेपाल फोटो लाइब्रेरी

Scroll to Top