नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकसाथ अनेक समस्या देखिएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनमा एकसाथ कम्तीमा ५ वटा स्वास्थ्य समस्या देखिएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी गराउँदै अस्पताले एकसाथ धेरैवटा समस्या देखिएको जनाएको छ।
अस्पतालका अनुसार ओलीलाई शनिबार मुटुको धड्कन असामान्य (पालापिट्यास्टियोन्स) हुने समस्या देखिएपछि भर्ना गरिएको हो। उनी दुई मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।
उनलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या, एट्रियल फिब्रिलेसन (एपीसी)सहितको समस्या पनि स्वास्थ्य परीक्षणबाट देखिएको छ। हाल उपचाररत उनमा पित्तथैलीमा ढुंगा जस्ता समस्या पनि रहेका अस्पतालले जनाएको छ ।
हाल उनको अस्पतालको एनेक्स–१ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा रहेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।








