सन्जिबनी हस्पिटलको नयाँ सेवा: हड्डी कमजोर छ कि छैन, तुरुन्तै थाहा हुने

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित सन्जिबनी हस्पिटल एण्ड मेडिकल साइन्सेसले अत्याधुनिक डेक्स स्कन (Bone Density Test)) मेसिन सञ्चालनमा ल्याएको छ ।

हड्डीको बलियोपन(Bone Strength) मापन गर्ने यो प्रविधि सुरक्षित, छिटो र प्रभावकारी परीक्षणका रूपमा चिनिन्छ ।
Dual-Energy X-ray Absorptiometry (डेक्स) नामले परिचित यो मेसिनको उद्घाटन एक विशेष कार्यक्रमबीच गरिएको थियो ।

कार्यक्रममा हस्पिटलका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनाल, बरिष्ठ चिकित्सक डा.रोमन किदुवाई, लर्ड बुद्ध एजुकेशनल एकेडेमीका संस्थापक तथा एम.डी डा.सुरेश कुमार कनोडिया, हस्पिटलका मेसु डा.रोमन किदुवाई तथा कोहलपुर मेडिकल कलेजका सूचना अधिकृत रामकृष्ण हमाल लगायतको उपस्थिति रहेको थियो ।

डेक्स स्कन विशेषगरी Osteoporosis (हड्डी खिइने रोग) पत्ता लगाउन, हड्डी कमजोर भएको अवस्था मूल्याङ्कन गर्न तथा भविष्यमा हड्डी भाँचिने जोखिम अनुमान गर्न प्रयोग गरिन्छ । साथै, उपचारको प्रभावकारिता जाँच्न पनि यसले महत्वपूर्ण भूमिका खेल्छ ।

यो परीक्षण ५० वर्षभन्दा माथिका व्यक्ति, महिनावारी बन्द भइसकेका महिला, बारम्बार हड्डी दुख्ने वा सामान्य चोटमै भाँचिने समस्या भएका तथा लामो समयसम्म स्तेरोइद औषधि सेवन गर्नेहरूका लागि अत्यन्त उपयोगी मानिन्छ ।

अस्पतालका एमडि खनालका अनुसार मेसिनमार्फत विशेषगरी कम्मर र हिप भाग स्क्यान गरिन्छ र यो प्रक्रिया पूर्णतः पीडारहित हुन्छ । करिब १०–१५ मिनेटमै परीक्षण सम्पन्न हुने भएकाले बिरामीका लागि सहज र छिटो सेवा उपलब्ध हुन्छ ।

यस प्रविधिको प्रयोगले रोगको प्रारम्भिक चरणमै पहिचान गरी समयमै उपचार सम्भव बनाउने र हड्डी भाँचिने जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Scroll to Top