फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् । उनी ठगीको आरोपमा मंगलबार स्वयम्भू नजिकबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।
‘अमेरिका लगिदिन्छु भने व्यक्तिहरूसँग पैसा उठाएर’ कारण उनलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ ।
शिवराजको स्थायी ठेगना सिन्धुली हो । उनी पछिल्लो समय भारतमा रहेको प्रहरीले बताएको छ ।
उनी फिल्म ‘तेल भिसा’का निर्माता हुन् । यो फिल्मको केही प्रतिशत छायाङ्कन अमेरिकामा नै भएको थियो ।
यसअघि यस फिल्मकी नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध पनि यही प्रकृतिको उजुरी परेको थियो । ऋचा र शंकर दम्पती हुन् । उनीहरू अमेरिकामा बस्दै आएका छन् ।







