पोखरा । साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरञ्जनको नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा ‘१८डी सिनेमा’ सञ्चालनमा ल्याएको हो ।
महानायक राजेश हमालले उद्घाटन गरेको उक्त सिनेमा नेपालमै पहिलोपटक सुरु गरिएको दाबी गरिएको छ । उच्च प्रविधिमा आधारित यस सिनेमामा १०–३० मिनेटका रोमाञ्चक अनुभव बिना चश्मा वा हेडसेट लिन सकिने बताइएको छ ।
कम्पनीका अनुसार दर्शकले १७ फरक कथात्मक संसारको अनुभव लिन सक्नेछन् भने पोखरामा नयाँ किसिमको मनोरञ्जन थपिने विश्वास गरिएको छ ।







