जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित ‘ग्ल्यामर ग्लो स्पा एण्ड ब्यूटी केयर’लाई कारवाही गरेको छ ।
लेकसाइडमा रहेका विभिन्न रात्रीकालीन व्यवसायको अनुगमन र निरीक्षणकाक्रममा उक्त स्पा दर्ताबिनै सञ्चालन गरेको र बिल बिजक नराखेको पाइएपछि कारवाही गरेको हो ।
कारवाहीस्वरुप २० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

Post Views: 190







