५ वर्षपछि पोखराको आकाशमा फेरि प्याराग्लाइडिङको उत्सव, ८ देशका पाइलट प्रतिस्पर्धामा 

पोखरा  । पाँच वर्षपछि पोखरामा पुनः ‘नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कोभिड–१९ महामारी र विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले रोकिएको प्रतियोगिताको २१औँ संस्करण चैत ५ देखि ७ गतेसम्म हुने नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । 

प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटली र लेबनानलगायत ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटले हालसम्म अनलाइनमार्फत नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता एक्युरेसी इभेन्टमा व्यक्तिगत र टिम दुवै विधामा हुनेछ । 

टेकअफ सराङकोटबाट र ल्याण्डिङ खपौदीमा गर्ने तयारी गरिएको छ । प्रतियोगितामा विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

Scroll to Top