home minister office

तीनदिन सार्वजनिक बिदा


काठमाडौँ । गृह मन्त्रालयले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम फागुन २० गतेदेखि २२ गतेसम्म (३ दिन) मुलुकभर सार्वजनिक बिदा रहनेछ ।

निर्वाचनको तयारी, मतदान तथा मतगणना प्रक्रियालाई सहज बनाउन उक्त निर्णय गरिएको जनाइएको छ ।

Scroll to Top