“पोखराको विकासका लागि संसदमा भूमिका खेल्छु:” राप्रपा उम्मेदवार हेमजंग गुरुङ

पोखरा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं  कास्की क्षेत्रनम्बर २ का उम्मेदवार हेमजंग गुरुङले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको कोण सभालाई सम्बोधन गदैँ गुरुङले भ्रष्टचारलाई अन्त्य गर्न र  देशमा सुशासन कायम गर्न व्यवस्था फेर्नुको विकल्प नभएको बताए । 

भ्रष्टचारीलाई कडा कारवाही गर्ने र देशमा सुशासन काय गर्ने, संबैधानीक राजसंस्था र सनातन हिन्दुराष्ट कायम गर्न राप्रपा प्रतिबद्ध रहेको गुरुङले दावी गरे । 

पोखरामा विकास निमर्माणमा भएको गतिरोध अन्त्य गदैँ, यहाँ भएका विकृति विंगती हटाउन र  अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिङय उडानका लागि पहल गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गरे । मतदाताको शिर कहिले नझुक्ने गरी काम गर्ने बताउदैँ गुरुङले फागुन २१ गते मतदान गरी विजयी गराइदिन मतदातालाई आग्रह गरे । कास्कीका जनताको आवाज संसदमा उठाउन एक पटक यसैपटक बिजयी गराइदिन गुरुङले आहन गरे । 

Scroll to Top