कास्कीमा पहिरोका कारण दुई जनाले ज्यान गुमायो

-


     नयाँ लिपि    
     असार १३ गते २०८१ मा प्रकाशित


पोखरा । कास्कीको मादी गाउँपालिका ५ चितेपानीमा गएराति देखि परेको अविरल वर्षाको कारण पहिरो बाट दुई जनाको ज्यान गएको छ । पहिरोबाट ज्यान जानेमा चितेपानीका १३ वर्षिया आयुस्मा रानाभाट र पोखरा १७ आरुपाटाका ३ वर्षिय अनमोल सुनार रहेका छन ।
चितेपानी घुम्तीका प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडी भागको ढिस्को खस्दा आयुस्माको ज्यान गएको हो । उनी संगै सुतेकी हजुरआमा लालमाया बन्जारी घाइते भएकी छन् । उनीलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्तराज शर्माले जानकारी दिए ।

त्यसैगरी गएराति ३ बजेको समयमा पोखरा महानगरपालिका २७ आरुपाटा स्थित हरि सुनारको ढुंगामाटोले बनेको दुई कोठाको कच्ची घर अविरल वर्षाका कारण माथीबाट पहिरो आई भत्किदा सुनारका ३ वर्षिय छोरा अनमोल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । घर भत्किदा सुनारको श्रीमती रितु सुनार घाइते भएकीले उनीलाई अहिले गण्डकी मेडिकल कलेजमा उपचार गराईरहेको छ । उनी गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ । सोही घरमा रहेको हरि सुनार र उनकी छोरी अंजली सुनारको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।