पोखरामा पाइलट ब्रान्ड पेनको आउटलेट सञ्चालनमा, १० रुपैयाँदेखि १ लाखसम्मका पेन उपलब्ध

पोखरा ।  फेयर ट्रेड कर्पोरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ । पोखरा ३, नदीपुरस्थित कोट्रयार्ड भवनमा (मीनमार्ट रहेको भवन) आउटलेट संचालनमा ल्याएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो ।

कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन् ।

उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित  लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् ।

प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीहरूका लागि एक वर्षसम्म  ५ प्रतिशत  विशेष छुट दिइने व्यवस्था गरिएको छ ।

काठमाडौंको न्यूरोड र कमलादीमा शाखा संचालित रहेकोमा छिट्टै विराटनगरमा समेत सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिईन । यसका डिलर भने धेरैवटा छन् ।

पाइलट पेनलाई अरू पेनको तुलनामा उत्कृष्ट मानिन्छ ।

Scroll to Top