भारत फाइनल नजिक, आज भुटानलाई ८-० ले पराजित गर्यो 

santan ads

पोखरा । पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा भारतले भुटानलाई ८–० गोलले पराजित गरेको हो । 

जितसँगै भारत ६ अङ्कसहित दोस्रो स्थानमा छ । भारत गोल अन्तर सात रहेको छ । 

चार टोली स्हभागि च्याम्पियनसिपमा भुटान बाहिरिएको छ । आजै फाइनल प्रवेशका लागि बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुनेछ । 

नेपाललाई फाइनलमा स्थान बनाउन बङ्गलादेशलाई सात गोलमाथि स्कोरले हराउनु पर्नेछ ।

अघिल्ला दुई खेल जितेको बङ्गलादेश ६ अङ्कसहित शीर्षस्थानमा छ । 

सिङ्गल राउन्ड रोबिनको आधारमा  अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधिको लागि भिडन्त हुनेछ । 

Scroll to Top