
पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी समूहले गरेको समन्वयात्मक आक्रमणपछि सुरक्षा बलसँग भीषण झडप भएको छ । पछिल्लो दुई दिनमा सुरक्षा कारबाहीमा कम्तीमा १०८ बन्दुकधारी र १० सुरक्षाकर्मी मारिएका छन् भने ११ सर्वसाधारणको मृत्यु भएको छ ।
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।
क्वेटालगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ, रेल सेवा र इन्टरनेट बन्द गरिएको छ । यसैबीच मस्तुङ जेलबाट २७ कैदी फरार भएका छन् ।







