महिला टी–२० विश्वकप: नेपाल सामु १३० रन लक्ष्य

काठमाडौ । जिम्बाब्वेले नेपाललाई जितका लागि १३० रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनायो।

केलिस एनधोलुले अविजित ५२ रन, बिलभ्ड बिजाले ३४ रन बनाइन्। नेपालका रिया शर्माले २ विकेट, कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्रीले १–१ विकेट लिए।

यो खेल नेपालका लागि निर्णायक छ। जिते ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना कायमै रहनेछ भने पराजित भए विश्वकपको सपना समाप्त हुनेछ। समूह ‘बी’ बाट तीन टोली सुपर–६ मा पुग्नेछन् र प्रतियोगिताबाट चार टोली विश्वकप छनोट हुनेछन्।

Scroll to Top