america nepali deport

अमेरिकाबाट नेपाली डिपोर्ट हुने क्रम जारी,मंगलबार ८० नेपाली काठमाडौमा छाड्यो

काठमाडौ । अमेरिकाले नेपाली डिपोर्ट गर्नेक्रम जारी राखेको छ । मंगलबार अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको हो । मंगलबार चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौ ल्याइएपछि सम्बन्धित निकायको जिम्मा लगाइएको छ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमध्ये ७९ जना पुरुष र एक महिला छिन् ।
कागजात नपुगेका, गैरकानुनी रूपमा बसेका तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका व्यक्तिहरू डिपोर्टमा परेका हुन्।

स्वदेश फर्काइएका सबैलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाइएपछि प्रारम्भिक सोधपुछ गरिएको थियो।

सोधपुछपछि उनीहरूलाई परिवारको जिम्मा लगाइएको ब्युरोले जनाएको छ। यदि कसैलाई गैरकानुनी रूपमा अमेरिका पठाइएको आशंका भए उजुरी दिन पनि आग्रह गरिएको छ। यसअघि पनि अमेरिकाले चरणबद्ध रूपमा नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएको छ।

Scroll to Top