यसरी बनाइएको थियो मदुरोलाई निवासबाटै समात्ने योजना

santan ads

अमेरिकी विशेष फौज ले शनिबार बिहान भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ।

यो द्रुत र गोप्य अपरेसन ‘अपरेसन एब्सोल्युट रिजल्भ’ नाम दिइएको थियो, जसलाई अमेरिकी सेनाले ओसामा बिन लादेन मारिएको कारबाहीपछिकै सबैभन्दा जोखिमपूर्ण भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार–अ–लागोबाट पत्रकार सम्मेलन गर्दै भने, ‘हामीले भेनेजुएलामाथि ठूलो स्केलको स्ट्राइक गरेका छौं। निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देशबाहिर उडाइएको छ। अब सत्ता सुरक्षित हस्तान्तरण नहुञ्जेल हामीले भेनेजुएला चलाउने छौं – व्यवस्थित र व्यावसायिक ढंगले।’

अपरेसनको विवरणः
महिनौंदेखिको तयारी: सिआइएको टोलीले अगस्टदेखि कराकसमा लुकेर मदुरोको दिनचर्या (के खान्छन्, घरमा पाल्तु जनावर आदि) निगरानी गरेको थियो। स्टिल्थ ड्रोन र मानव स्रोतको सहयोगमा निवासको नक्सा बनाइयो।

शुक्रबार राति १०:४६ मा ट्रम्पको अनुमति पछि १५० भन्दा बढी लडाकू विमान, ड्रोन र हेलिकप्टर परिचालन।

साइबर हमलाबाट कराकसको बिजुली काटियो, रडार र हवाई सुरक्षा ध्वस्त।

बिहान २ बजेतिर विस्फोट सुरु, डेल्टा फोर्सले मदुरोको कम्पाउन्डमा अवतरण गरी ५ मिनेटमै दम्पतीलाई नियन्त्रणमा लियो। उनीहरू सुरक्षित कोठातर्फ भाग्दै थिए तर रोक्न सफल।

मदुरो दम्पतीलाई हेलिकप्टरबाट युएसएस इभो जिमा युद्धपोतमा लगियो, त्यहाँबाट ग्वान्टानामो हुँदै न्युयोर्क।

मदुरोमाथि न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा लागुऔषध तस्करी, आतंकवाद र हतियार ओसारपसारको मुद्दा चल्ने छ। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले अभियोग सार्वजनिक गरेकी छन्।

ट्रम्पले थपे, ‘यो अपरेसन पूर्ण सफल भयो, कुनै अमेरिकी हताहत भएन।’ भेनेजुएलाले यसलाई ‘अपहरण’ भन्दै निन्दा गरेको छ भने विश्वका केही देशले अमेरिकी कदमको विरोध गरेका छन्।

यो घटनाले ल्याटिन अमेरिकामा नयाँ तरंग ल्याएको छ। मदुरोको शासन अन्त्य भएको घोषणा गर्दै ट्रम्पले भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणमा अमेरिकी कम्पनीहरू लगाउने संकेत गरेका छन्

Scroll to Top