ओपन स्क्वासमा सृष्टि विजयी

-


     नयाँ लिपि    
     असार ५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा सम्पन्न ओपन स्क्वास प्रतियोगितामा पुरुष तर्फ आभन श्रेष्ठ तथा महिला तर्फ सृष्टिका उदास विजयी बनेका छन् । अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ ८ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई पदक प्रदान गरिएको थियो । प्रतियोगितमा महिला तर्फ उपविजेता समिक्षा ठकुरी, पुरुष तर्फ नवराज श्रेष्ठ भएका थिए । यसैगरि महिला तर्फ निष्ठा श्रेष्ठ र अपेक्षा अधिकारी, पुरुष तर्फ आरभ श्रेष्ठ र राजु श्रेष्ठले कास्य पदक जितेको कास्की जिल्ला स्क्वास र्याकेट एशोसिएसनका अध्यक्ष प्रविण पालिखेले जानकारी दिनुभयो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ्गले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।