जीयूले माग्यो उपकूलपतिको आवेदन, १५ दिनको समयसीमा

santan ads

गण्डकी विश्वविद्यालयले रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।

उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो ।

समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८२’ बमोजिम दरखास्त खुलाएको जनाएको छ । इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित विश्वविद्यालयको उपकुलपति सिफारिस समितिको सचिवालयमा दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट बुझाउन सकिने व्यवस्था गरिएको छ ।

आवेदनका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले एनएमबि बैंकको अमरसिंह चोक शाखामा रहेको ‘गण्डकी युनिभर्सिटी आय खाता’ मा रकम जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ ।

छनोट प्रक्रिया र कार्यविधिसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट लिन सकिने समितिले जनाएको छ ।

Scroll to Top