कांग्रेस – एमालेको भागबन्डामा गण्डकीका ११ अस्पतालमा नयाँ अध्यक्ष चयन

santan ads

गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका ११ वटा अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको राजनीतिक भागबन्डाका आधारमा अस्पताल व्यवस्थापन समितिको नेतृत्व चयन गरेको हो।

सरकारले गरेको निर्णयअनुसार नेपाली कांग्रेसको कोटाबाट ६ र एमालेको कोटाबाट ५ जना अध्यक्ष नियुक्त भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे (कांग्रेस) र स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक (एमाले) सहितको सरकारले दलीय सन्तुलन मिलाएर यी नियुक्तिहरू गरेको हो।

कसको भागमा कुन अस्पताल?

सहमतिअनुसार कांग्रेसको भागमा मध्यविन्दु, लमजुङ, दमौली, पर्वत, मुस्ताङ र बुर्तिवाङ अस्पताल परेका छन्। त्यस्तै, एमालेले धौलागिरी प्रादेशिक, बेनी, मनाङ, स्याङ्जा र लेखनाथको जनरल तथा सरुवा रोग अस्पतालको नेतृत्व पाएको छ।

नवनियुक्त अध्यक्षहरूको सूची:

  • धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ: श्रीप्रसाद शर्मा
  • मध्यविन्दु अस्पताल, नवलपुर: बालकृष्ण घिमिरे
  • लमजुङ अस्पताल: विजय गुरुङ
  • पर्वत अस्पताल: यामबहादुर नेपाली
  • दमौली अस्पताल, तनहुँ: कमलामोहन वाग्ले
  • मुस्ताङ अस्पताल: तेन्जिङ थकाली
  • बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बागलुङ: कमल भुषाल
  • जनरल तथा सरुवा रोग अस्पताल, लेखनाथ: ऋषिराज जम्मरकट्टेल
  • स्याङ्जा अस्पताल: डिलकुमार भुजेल
  • बेनी अस्पताल, म्याग्दी: डेकबहादुर बानियाँ
  • मनाङ अस्पताल: अर्विण गुरुङ
Scroll to Top