
पोखराको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (जीएमसी) आजदेखि पूर्णरुपमा सञ्चालन भएको छ ।
केहि दिनदेखि जारी नर्सहरुको आन्दोलन वार्तामार्फत टुंगिएपछि जीएमसीले अस्पतालबाट प्रदान गर्ने सम्पूर्ण सेवा सुरु गरेको हो ।
यसअघि ओपीडीमात्र सञ्चालन गरेको अस्पतालले अब सबै सेवा सुरु गरेको जनाएको छ ।
आन्दोलनरत नर्स र व्यवस्थापन पक्षबीच यसअघि नेपाल सरकारले निर्देशित गरेअनुरुप सेवा, सुविधा बहाल गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
‘नर्स आन्दोलनकादौरान पूर्ण सेवा दिन नसक्दा सम्बन्धित पक्षलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ अस्पताल प्रशासनले भनेको छ ‘अब हामी पूर्णरुपमा तपाइहरुप्रति समर्पित छौं ।’







