सेवाग्राही बढेपछि तनावमा कास्की मालपोत, भन्यो -‘राजीनामा र श्रेस्ता कायममात्रै गर्छाै’

santan ads

कास्की मालपोत कार्यालयमा चाडवाड सकिएलगत्तै सेवाग्राहीको भीड बढेको छ ।

यसअघि मालपोतले तिहारपछि सेवाको प्रकार र दायरा बढाउने जनाएपछि सेवाग्राहीको चाप बढेको हो ।

सेवाग्राहीको चाप बढेसँगै मालपोतले सार्वजनिक सूचना जारी गर्दै तीनखाले बाहेकका सेवा दिन नसक्ने बताएको छ ।

‘जग्गासम्बन्धी कारोबार रोक्का, राजीनामा पारित गर्ने लिखतको श्रेस्ता कायम गर्ने सेवामात्र लिन आउनुहुन अनुरोध छ’ मालपोतले सूचनामार्फत भनेको छ ।

पहिले विभिन्न काम ५ वटा भवन र शाखाबाट गर्दै आएको मालपोत जेनजी आन्दोलनपछि सबै संरचना ध्वस्ता भएपछि सेवा दिनबाट लाचार भएको हो ।

हाल पहिलेको सेवाग्राहीलाई बनाइएको प्रतीक्षाालयमा बारबेर पारेर मालपोतले सेवा दिन सुरु गरेको छ । तर सेवाग्राही बढेपछि कर्मचारी तनावमा छन् ।

Scroll to Top