
कास्की प्रहरीले आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेका २६ वर्षीय विवश जलारीले वडा प्रहरी कार्यालय बैदाममा चोरी गरेको पाइएको हो।
पोखरा वडा नं. ७ घारीपाटनका जलारीलाई चोरी भएको डिजिटल क्यामेरा र नम्बर नखुलेको पल्सर एनएस बाइकसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
उनलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा रहेका जलारी भागेर वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरी गर्न पुगेको अनुसन्धानबाट खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।







