
जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनका दौरान जिल्लाभित्रका कार्यालयमा आगजनी गर्ने, हतियार लुट्ने १० जनालाई पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेमा जिप्रका कास्की, वडा प्रहरी कार्यालय बगर र नयाँपुल प्रहरी चौकीमा अपराध कर्म गर्ने रहेका छन् ।
जसमध्ये, जिप्रका कास्की कार्यालयका दोषी ४, बगर चौकीका १ र नयाँपुल चौकीमा कूकर्म गर्ने ५ रहेका छन् ।
वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रो लगाई आगो लगाउनेसमेत रहेका छन् ।
पक्राउ पर्नेहरुको विवरण यस प्रकार छः








