कास्की मालपोत भन्छः -‘जग्गाको श्रेस्ता कायम गर्न लालपुर्जा लिएर आउनु’

santan ads

मालपोत कार्यालय कास्कीले जग्गाधनीलाई लालपुर्जा लिएर श्रेस्ता कायम गर्न आउन सूचना जारी गरेको छ ।

हालैको जेनजी आन्दोलनका दौरान मालपोत कार्यालयमा रहेका जग्गाधनीका विवरण आगोले नष्ट गरेको भन्दै लालपुजा लिएर आफ्नो सम्पत्ति कायम गर्न भनेको हो ।

भूमि प्रशासन निर्देशिका–२०८१ को दफा २१ अनुसार श्रेस्ता कामय गर्न आउँदा जग्गाधनीको सक्कल पुर्जा र नागरिकताको प्रतिलिपिसहित स्वयं उपस्थित हुने मालपोले सूचना जारी गरेको छ ।

त्यस्तै, जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमतिपत्र, मालपोत बुझाएको रसिदलगायत संलग्न गरी ३५ दिने सार्वजनिक सूचना पनि उपलब्ध गराउन भनिएको छ ।

लालपुर्जालगायतका कागजपत्र जलेपनि डिजिटल रेकर्ड भने मालपोतमा सुरक्षित भएकाले नागरिकलाई अनाहकमा दुख दिएकोबारेर सोध्दा कर्मचारी भने निर्देशिका अनुरुप सूचना निकालेको बताउँछन् ।

मालपोत अधिकृत शोभाखर पोख्रेलले डिजिटल रेकर्ड भएपनि उस्तै नाम, ठेगाना भएको खण्डमा एउटाको सम्पत्ति अर्कैको नाममा जानसक्ने जोखिम भएको बताए ।

‘यदि उस्तै नाम भएका व्यक्तिको सम्पत्ति यताउता भए आर्थिक क्षति हुनसक्छ’ पोख्रेल भन्छन् ‘त्यसो भए कर्मचारीले आर्थिक क्षतिपुर्ति तिनुपर्ने हुँदा जोखिम लिन नखोजिएको हो ।’

त्यस्तै, दैनिक प्रशासन सुचार गर्नपनि जग्गाधनीलाई श्रेस्ता कायम गर्न बोलाइएको अधिकृत पोख्रेल बताउँछन् ।

Scroll to Top