पोखराको लेकसाइडस्थित २० नं. स्ट्रिटमा रहेको पोखरा वुटिक होटलबाट ४ जना जुवाडे पक्राउ परेका छन् ।
जुवातास खेलिरहेको अवस्थामा ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास बरामद भएको छ ।
बैदाम प्रहरी प्रमुख (डीएसपी) नमराज भट्टराइको नेतृत्वमा पक्राउ गर्न आएको थाहा पाएपछि ४ जना झ्यालबाट हामफालेर फरार भएका थिए ।
त्यसपश्चात् होटलका म्यानेजरसहित ४ जनालाई पक्राउ गरिएको डीएसपी भट्टराईले जानकारी दिए ।
होटलमा बसेका पाहुनालाई कुनैपनि डिस्टर्ब नहोस् भन्ने उद्धेश्यले जुवाडे रहेको कोठा पत्ता लगाउन केही समय लागेको र त्यहीबेला चार–पाँचजना भाग्न सफल भएको भट्टराईको भनाई छ ।
आज सार्वजनिक बिदा भएकाले भोली मंगलबार उनीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।
(समाचारमा एआई सिर्जित तस्बिरको प्रयोग गरिएको छ ।)