राजदेवी मन्दिरमा १५ हजार बोकाको बली !

santan ads

जनकपुरधामको राजदेवी मन्दिरमा एकैरातमा झण्डै १५ हजार बोकाको बलि दिइएको छ ।

बुधबार महाअष्टमीको रात १४ हजार ९ सय ३ बोकाको बलि दिइएको मन्दिरले जनाएको छ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष महाष्टमीको राति बोकाबलि हुने गरेको छ ।

मंगलबार साँझ आठ बजे सुरु भएको बोकाबलि बिहान करिब चार बजेसम्म चलेको थियो ।

मंगलबार राति भएको बोकाबलिका लागि श्रद्धालुहरू बिहानैबाट लाइन लागेका थिए ।

राजदेवी मन्दिरमा बोकाबलीका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाका साथै सिमापारी भारतबाट समेत श्रद्धालुहरू आउने गरेको बताइन्छ ।

Scroll to Top