गण्डकी प्रदेशमा क्षतिको विवरण, निशानामा मन्त्रालय बढी

santan ads

जेनजी आन्दोलनमा काठमाण्डौंपछि सबैभन्दा बढी क्षति गण्डकी प्रदेशको राजधानी पोखरामा भएको छ ।

प्रादेशिक राजधानी रहेको पोखरामा आन्दोलनकारीको निशानामा सबैभन्दा बढी मन्त्रालय र प्रदेशस्तरका कार्यालय रहेका छन् ।

यस्तो छ क्षतिको विवरणः

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मुख्यमन्त्रीज्को निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगलागी ।
कार्यालयको सभाहल, मुख्यमन्त्रीज्यूको कार्यकक्ष, मन्त्रिपरिषद्को बैठक कक्ष, प्रदेश पुस्तकालय पूर्ण रूपमा जलेर नष्ट ।
७ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेको ।


२. प्रदेश नीति तथा योजना आयोग
३ वटा गाडी र ४ वटा मोटरसाइकल जलेको ।
जिल्ला समन्वयको भागमा आगलागी भएको ।
माथिल्लो तलाबाट आधारभूत सेवा सञ्चालन गर्न सकिने अवस्था ।


३. वन तथा वातावरण मन्त्रालय
मन्त्रालयका ४ वटा र वन निर्देशनालयको १ गरी ५ वटा गाडी पूर्ण रूपमा जलेको ।
१ वटा गाडी तोडफोड ।
८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलेको ।
लेखा शाखा र दर्ता चलानी शाखा जलेको ।
स्टोर तोडफोड भई ल्यापटप, किज, भाँडाकुडा चोरी ।
मन्त्रीको सचिवालय र कार्यकक्ष पूर्ण रूपमा तोडफोड।
मन्त्रालय भवनका झ्यालका सबै सिसा तोडफोड ।
शाखाका सञ्चार उपकरण र इलेक्ट्रोनिक सामग्री तोडफोड ।


४. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
५ वटा चारपांग्रे गाडी र १२ दुईपांग्रै सवारी साधन जलेको र
निवासमा सामान्य क्षति र मन्त्रीको कोठामा क्षति ।
सचिवको कार्यकक्षका सामग्री चोरी ।
सभाहलमा तोडफोड, लेखा शाखाका सबै कम्प्युटर चोरी ।
खेलकुद शाखाका सबै कोठा जलेको ।
सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा तोडफोड ।


५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय
६ वटा चारपांग्रे गाडी र २७ दुईपांग्रै सवारी साधन जलेको ।
निर्देशनालयको स्टोरमा आगलागी र सामग्री चोरी ।
सहरी विकास तथा भवन कार्यालय र पूर्वाधार विकास कार्यालय कास्कीमा तोडफोड ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र र सवारी दुवै कार्यालय पूर्ण रूपमा जलेको ।
४४२,००० राजस्व रकम हराएको ।
मन्त्री निवासको तल्लो भाग पूर्ण रुपमा क्षतिग्रस्त ।


६. प्रदेश लेखा नियन्त्रकको कार्यालय
सेवा प्रवाह अवरुद्ध हुने गरी क्षति नभएको ।


७. आर्थिक मामिला मन्त्रालय
३ वटा चारपांग्रै गाडी र ६ वटा दुईपांग्रे सवारी साधन जलेको ।
मन्त्रीको कार्यकक्ष तोडफोड ।
तल्लो तलामा तोडफोड र आंशिक आगलागी ।
३ ल्यापटप, २ कम्प्युटर, २ वटा प्रिन्टर चोरी ।
४ वटा टेलिभिजन, ४ वटा एसी, ७ वटा कुर्सी, ४ सेट सोफा जलेको ।
मन्त्री निवासमा तोडफोड, तल्लो तलामा आगलागी ।


८. कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
१ वटा चारपांग्रे गाडी र १ वटा स्कुटर जलेको ।
मन्त्रीको निवासमा आगलागी ।


९. ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
मन्त्रालयका ४ वटा, खानेपानी कार्यालय तनहुँको १ वटा, जलस्रोत कार्यालय कास्कीको १ गरी जम्मा ६ चारपांग्रे गाडी जलेको ।
१ वटा गाडी तोडफोड भई पूर्ण क्षति ।
१८ थान मोटरसाइकल जलेको ।
२ थान टेलिभिजन हराएको, २२ थान कम्प्युटर जलेको ।
२७ थान प्रिन्टर, २१ थान ल्यापटप, ६ वटा एसी, स्क्यानर ६ थान, फोटोकपी ५ थान तोडफोड तथा जलेको ।


१०. स्वास्थ्य मन्त्रालय
भौतिक संरचनामा क्षति नभएको ।
मातहतका ३ स्कुटर जलाइएको ।


११. पर्यटन तथा उद्योग मन्त्रालय
४ गाडी र ५ मोटरसाइकल पूर्ण रूपमा जलेको ।
निर्देशनालयको भवन पूर्ण रूपमा क्षति ।
जिल्ला कार्यालय तनहुँमा तोडफोड ।
मन्त्री निवासको तल्लो भागमा तोडफोड, र इलेक्ट्रोनिक सामग्री चोरी ।


१२. प्रदेश प्रमुखको कार्यालय
४ वटा चारपांग्रे गाडी जलेको ।
कार्यालयको ३ मोटरसाइकल र कर्मचारीको २ वटा निजी मोटरसाइकल जलेको ।
कम्प्युटर लगायत इलेक्ट्रोनिक सामग्री सबै जलेको ।
अधिकांश कागजात जलेको ।
निवासतर्फको भवन पूर्ण रूपमा जलेको, सामग्री चोरी भएको ।


१३. प्रदेश लोक सेवा आयोग
४ वटा चारपांग्रे र १ दुईपांग्रे गाडी जलेर नष्ट ।

१४. गण्डकी प्रदेश सभा सचिवालय
प्रदेश सभा भवन पूर्ण रूपमा जलेर नष्ट ।
सचिवालयको प्रशासनिक भवन पूर्ण क्षति ।
४ वटा संसदीय दलका कार्यालय जलेर नष्ट ।
प्रदेश सभाको प्रहरी ब्यारेक, आवास भवन, पुस्तकालय, स्वास्थ्य शाखासहित सम्पूर्ण भवन जलेर नष्ट, सम्पूर्ण सञ्चार तथा विद्युत उपकरण नष्ट ।
चारपांग्रे सवारी ६ वटा नष्ट ।
दुईपांग्रे सवारी १२ वटा जलेको ।
डेस्कटप ३९ थान र ल्यापटप १९ थान जलेको ।
डिजिटल क्यामेरा ४ वटा र भिडियो क्यामेरा ५ वटा नष्ट ।
प्रिन्टर/फोटोकपी मेसिन ३५ थान नष्ट
टेलिभिजन सेट ९ थान र एयर कन्डिसनर ४४ थान जलेको ।

Scroll to Top