हालै जेनजी आन्दोलनका क्रममा भएका लुटपाट, आगजनी र तोडफोड घटनाको सूचना दिने. तथा दस्ताबेज राख्ने ‘लुट रिपोर्ट’ एप सञ्चालनमा आएको छ।
यसमा प्रयोककर्ताले आफ्नो परिचय नखुलाई loot-report.lovable.app मा आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाको भिडियो राख्न सक्नेछन्।
भदौ २३ र २४ मा भएका घटनापछि सुरु गरिएको यो एपमा समाचार तयार हुने बेलासम्म एक हजार ९१६ भिडियो अपलोड भइसकेका छन्। पेजमा यसलाई ‘कम्युनिटी पावर रिपोर्टिङ सिस्टम’ भनिएको छ, जसले शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूको पहिचान र ट्र्याक गर्न सहयोग गर्ने उल्लेख छ।
पेजमा राखिएको परिचयमा भनिएको छ, ‘पछिल्ला दिनमा हाम्रो देशले अस्तव्यस्तता—तोडफोड, जेल तोडेर भाग्ने, लुटपाट र हिंसा—भोग्नुपर्यो। हामी ती क्षणहरू बिर्सन चाहन्नौं। यो एउटा कम्युनिटी पावर एप हो जहाँ जसले पनि घटनाको भिडियो लिंक राख्न सक्छ। यसको लक्ष्य केवल दस्ताबेजीकरण हो, कसैलाई दोषी ठहर गर्ने होइन।’