भाटभटेनीबाट आइसक्रिम लुटेपछि शिक्षकको जागिर चैट !

santan ads

जेन-जी प्रदर्शनका क्रममा भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न भएको भन्दै एक विद्यालयले शिक्षकलाई हटाएको छ ।

बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई हटाएको हो ।

भदौ २४ गते जेन- जीहहरूको प्रदर्शनका क्रममा शिक्षक शुक्ला भाटभटेनीमा भएको अनियमिततामा संलग्न देखिएको विद्यालयले जनाएको छ ।

विद्यालयको आचरण संहिता तथा नियमविपरीत काम गरेकाले शिक्षक शुक्लालाई आजैदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्रधानाध्यापक दिनेश थापाले जनाएका छन् ।

सामाजिक सञ्जालमा देखिएका फोटोमा शिक्षक शुक्लाले आइसक्रिमको प्याकेट लिएर हिँडेको देख्न सकिन्छ ।

Scroll to Top