social site closed

आजदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

santan ads

सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालहरू सूचीकृत नभएकाले नेपालभर नचल्नेगरी रोक लगाइने भएको हो।

मन्त्रिपरिषद्को २०८२ भदौ ९ गते बसेको बैठकले नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरणमा आउन निर्देशन दिएको थियो।

सो म्याद बुधबार राति सकिएको थियो।उक्त निर्णयको पालना नभएपछि सञ्चार मन्त्रालयले आज पुनः मन्त्रीस्तरीय बैठक गरी, नेपालभर सूचीकृत नभएका सामाजिक सञ्जालहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँचवटा सञ्जालले मात्रै सूचीकरण प्रक्रिया पूरा गरेका छन्। ती प्लेटफर्महरू निरन्तर चल्नेछन्।

सूचीकरणमा नआएका सामाजिक सञ्जालमध्ये फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मी वी, भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो अबदेखि नेपालमा बन्द गरिनेछन्।

Scroll to Top