चालु वर्षको जेठदेखि यता भदौभित्रमा जापनिज इन्सोप्लाइटिसबाट १५ जनाको मृत्यु भएको छ । ती मध्ये तीन जनाको पछिल्लो महिनामा मृत्यु भएको हो । भदौ २ गते चितवनका युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा धेरैजसो तराइ भेगको रहेको परिवार कल्याण महाशाखाको तथ्याङ्क छ । मृत्यु हुनेमा कोशी प्रदेशबाट ३,मधेसबाट ३, बाग्मीतबाट ३, गण्डकीबाट १, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट १ जना छन् ।
सन् २०२४ मा कुल मृत्यु संख्या २५ जना थिए भने यो वर्ष दुई महिनाकै अवधिमा १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४८ जना पुरुष छन् भने ३६ जना महिला छन् ।
गत वर्षको तुलनामा यो वर्ष संक्रमित संख्या पनि धेरै देखिएको महाशाखाले जनाएको छ ।
गत वर्ष अर्थात सन् २०२४ मा कुल संक्रमित संख्या ८६ रहेकोमा यो वर्ष संक्रमण अवधि तीन महिना बाँकी रहँदा नै ८४ जना पुगिसकेका छन् ।