स्याङजाका अर्यालद्धयले अन्रराष्ट्रिय तेक्वान्दोमा पदक जिते

santan ads

स्याङ्जा । स्याङजा भिरकोट नगरपालिका ७ का अर्यालद्धयले मलेसियामा आयोजित अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक हात पारेका छन ।

पदक जित्ने रिया अर्याल र रायन अर्याल दिदि भाई हुन ।

अगस्ट ७ देखि १० सम्म मलेसियामा सम्पन्न सातौ हिरोज इन्भिेसनल तेकवन्दो कममा रायनले स्वर्ण र रियाले पदक हात पारेका हुन ।

उनीहरु सहित नेपालका खेलाडीले उक्त प्रतियोगितामा ४ स्वर्ण,२ रजत र १ कास्यसहित ७ पदक हात पारेका हुन ।

इन्डिभिजुअल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्याले स्वर्ण जिते भने फेमिली पुम्सेमा स्वमिक महतरा र विष्णु महतराजले स्वर्ण पदक हात पारे ।

त्यस्तै,इन्डिभिजुअल पुम्सेमा स्वमिक महतरा र रिया अर्यालले रजत जिते । भर्चुअल तेक्वानदोमा सुम्रेम गुरुङले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ३० देशका ३५२ टोलीस्का २१ हजार ८ सय ४५ खेलाडीको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल भएको भन्दै अर्यालद्धयलाई एअरपोर्टमा खुमा अर्याल फाउण्डेसनले स्वागत संगै सम्मान गरेको थियो ।

Scroll to Top