किन फिजिसियनको तुलनामा सर्जनको मृत्यु छिटो हुन्छ ? यस्ता छन् कारणहरु

santan ads

पढाई, डिग्री र कमाईमा समानता भएपनि आम फिजिसियन वा अन्य चिकित्सको तुलनामा सर्जनहरुको आयू कम हुने एक अनुसन्धानले देखाएको छ ।

मेडिकल र यसको अध्ययन, अनुसन्धानमा विषयवस्तु तयार पार्ने ‘मेडपेज टुडे डटकम’की खोज सम्वाददाता जेनिफर हेन्डरसनले हालै प्रकाशित एक समाचारमा अन्य चिकित्सकको तुलनामा सर्जनको मृत्यु छिटो हुने गरेको उल्लेख छ ।

जेनिफरले ‘डेथ सर्टिफिकेट डाटा’मा अन्यको तुलनामा सर्जनको मृत्यु दर बढी पाइएको उल्लेख छ । मोर्टालिटी रेटको तथ्यांक अनुसार १ लाख चिकित्सकको दरमा ३ सय ५५ सर्जन परेका छन् भने नन–सर्जनको संख्या २ सय २८ रहेको छ ।

हार्वड मेडिकस स्कुल एवं म्यासाचुसेट् जनरल हस्पिटल, बोस्टनकी एमडी अनुपम जेनाका अनुसार सर्जनसँगै वकिल, इन्जिनियर र वैज्ञानिकको सरदर आयू कम पाइएको छ ।

सर्जनलक्षित भनाई राख्दै जेनाले सर्जनहरुको ड्युटी आवर बढी हुनु, उच्च दबाबमूलक वातावरणमा काम गर्नु नै मुख्य कारण भएको उल्लेख गरेकी छिन् ।

त्यस्तै, कार्यस्थलमा बाह्य पक्षबाट हुने हिंसाको सम्भावना उच्च हुनु र समाजमा सर्जनले पाएने चर्चाले पनि उनीहरु मानसिक दबाबमा रहनेजस्ता कारण भएको जेनाको भनाई छ ।

‘त्यसमाथि अपरेशनका दौरान सामना गर्नुपर्ने विभिन्न विकिरणले सर्जनको स्वास्थ्य जोखिममा परिरहेको हुन्छ, जेनाले उल्लेख गरेकी छिन् ।

Scroll to Top