हालै भारतको नोएडमा सम्पन्न मिक्स मार्शल आर्ट (एमएमए)को बेन्टमवेट च्याम्पियन भएपछि नेपाली फाइटर रविन्द्र ढाटले आफ्ना प्रतिद्वन्द्वीलाई ‘महान्’को संज्ञा दिएका छन् ।
टाइटल जितेपछि ढाटले भनेका छन् ‘चुङग्रेन कोरेन महान फाइटर हुन्, सोही कारण हाम्रो फाइट पनि महान भयो ।’
ढाटले थपेका छन् ‘कोरेन वास्तवमै महान् फाइटर हुन्, म उनलाई सम्मान गर्छु ।’ अक्टागोन रिङभित्र उनी आफ्नो प्रतिद्वन्द्वी भएपनि बाहिर भने साथी रहेको ढाटको भनाई छ ।
‘यो फाइटरको जीवन हो, फाइटको केज शेयर गरेकोमा कोरेनलाई धन्यवाद’ उनले भनेका छन् ।
गत शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उनले उपाधि जितेका हुन्।
ढाटले कोरेनलाई तेस्रो राउन्डमा कोरेनलाई नकआउट गरेका थिए।