‘म्याट्रिक्स फाइट नाइट’मा रविन्द्र ढाटपछि यूकीलाई सफलता

शनिबार राति भारतको दिल्लस्थित ग्रेटर नोएडमा भएको म्याट्रिक्स फाइट नाइटमा नेपालका यूकी आन्ग्देम्बेले जीत हात पारेका छन् ।

यूकीले फाइटको पहिलो राउण्डको २ मिनेट ४५ सेकेण्डमै भारतका मन्दीप प्रजापतिलाई सबमिसनमार्फत नकआउट गरेका हुन् ।

अघिल्लो वर्ष रविन्द्र ढाटले भाररतका चर्चित फाइटर चुंग्रेन कोरेनलाई तेस्रो राउण्डमा नकआउट गरेका थिए ।

नेपालका दुबै खेलाडीले इन्डोनेशियाको बालीस्थित सोमा फाइट क्लबमा प्रशिक्षण लिएका हुन् ।

यता, ढाट भने रोड टू यूएफसीका लागि तयारी गरिहेका छन् ।

Scroll to Top