प्रम ओलीलाई गाडी चढेर भारत जान परराष्ट्रवीद्को सुझाव

santan ads

पराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले नेपाल–भारतबो बीचमा बहुआयमिक सम्बन्ध रहेको बताए । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा उनले नेपाल–भारतको बीचमा सांस्कृतिक, भाषिक, धार्मिक र वैवाहिक सम्बन्ध रहेको बताएका हुन् ।

साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे नेतृत्वमा भारतले उल्लेखनीय प्रगति गरेको पनि उनले बताए । यो १० वर्षमा भारतले तीब्र विकास गरेको उनको भनाइ छ । ‘मोदी सरकार आएपछि भारतमा यो १० वर्षमा तीब्र विकास भएको छ,’– उनले भने ।

अहिले भारतको काश्मिरमा पर्यटन क्षेत्रको अभिवृद्धि भएको, विभिन्न देशका पर्यटकहरु त्यहाँ जान थालेको र बाह्य लगानी पनि बढेको उनले बताए । पराष्ट्रविद् डा।पाण्डेले स्थलमार्गबाट भारत भ्रमणमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

स्थलमार्गबाट भारत भ्रमणमा जान र भारतीय प्रधानमन्त्री मोदीको १० वर्षे नेतृत्वमा त्यहाँ भएका विकासको अवलोकन गर्न उनले आग्रह गरेका हुन् ।

‘म आग्रह गर्दछु सम्माननीय प्रधानमन्त्रीज्यूसित, नेपाल सरकारसित । यो भ्रमण स्थलमार्गबाट होस् । हवाई मार्गबाट होइन । चाहे भैरहवाबाट होस्, चाहे रक्सौलबाट होस् स्थलमार्गबाट होस् । उहाँले पनि देख्नुहुनेछ, उत्तर प्रदेश, विहारको तीब्र विकास । सडक सञ्जालबाट, रेल सञ्जालबाट विगत १० वर्षमा विकास भएको छ । मोदी सरकार आएपछि १० वर्षमा जुन विकास भएको छ उत्तर भारतमा । त्यो लोभ लाग्दो विकास भएको छ,’– उनले भने ।

Scroll to Top