u-20

साफ यू–२० महिला च्याम्पियनसिप:नेपाल आज बलियो प्रतिस्पर्धी बंगलादेशसँग भिड्ने

santan ads

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज होम टिम बंगलादेशसँग भिड्ने छ ।
नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन।

बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन।

त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।

बङ्गलादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ ले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हरायो। नेपालका लागि पहिलो खेलमा पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेकी थिइन्। त्यस्तै सेनु परियारले २ गोल गरिन्।
डबल राउन्ड रोबिनमा भएको जारी प्रतियोगितामा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले नै उपाधि जित्नेछ।

नेपाली टोलीमा बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के।सी।, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर छन् ।

Scroll to Top