एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुने भएको छ।
दुवै टोलीले बिहीबार आ-आफ्ना सेमिफाइनलका खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
यसअघि नेपालले बिहीबार विहान सकिएको सेमिफाइनलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको सानदार जित निकालेको थियो।
नेपाल र सिंगापुरबीचको उपाधि भिडन्त मलेसियाको बांगीमा शनिबार हुनेछ।
प्रतियोगितामा यसअघि नेपाल र सिंगापुरले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए।
समूह ‘ए’ को खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा थियो। नेपालको जितमा प्रसिद्ध जैशीले अर्धशतक प्रहार गरेका थिए। उनले नटआउट ५५ रन बनाउने क्रममा ९७ रन बलमा ५ चौका प्रहार गरेक थिए।
पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमा अललआउट भएको थियो। बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिएक थिए।
त्यसपछि नेपालले जापान, इन्डोनेसिया र भुटानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।