siriya

सिरियाको एक चर्चमा आत्मघाती बम विस्फोट हुदाँ २२ जनाको मृत्यु

santan ads

नयाँलिपि । सिरियाको राजधानी दमास्कसमा आइतबार एक आत्मघाती बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ।

प्रार्थनाको समयमा भएको उक्त बिस्फोटमा दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ। सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन्।

प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो। धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो।

Scroll to Top