जिप्रकामा सिडिओ रुद्रादेवि, कानून कार्यान्वयनमा सम्झौता नगर्न निर्देशन

santan ads

हालै कास्की प्रशासनको जिम्मेवारी लिएर आएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जिल्ला प्रहरी कार्यालय, कास्कीको निरीक्षण गरेकी छिन् ।

निरीक्षणकाक्रममा प्रजिअ शर्माले प्रहरी कार्यालयको विभिन्न शाखा र प्रहरीको काम कारवाही, अपराध अनुसन्धान हिरासत व्यवस्थापनबारे जानकारी लिँदै आफ्नो भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउन सुझाएकी छिन् ।

प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक प्रतिको सेवा र प्रहरी कन्ट्रोल रुमको कामकारवाहीबारे थप जानकारी लिएको जिप्रका कास्कीले जनाएको छ ।

निरीक्षणपश्चात् सम्बोधन गर्दै प्रजिअ शर्माले नागरिकको शान्ति, सुरक्षा र नियम कानूनको कार्यान्वयनमा सम्झौता नगर्न सचेत गराएकी छिन् ।

उक्त निरीक्षणमा प्रजिअ शर्मालाई प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जिल्लाको समग्र शान्ति सुरक्षाबारे प्रस्तुतिकरण गरेका थिए ।

Scroll to Top