पत्रकार दिलभुषण विरुद्ध पक्राउ पुर्जी, देउवापुत्रको भिडिओ हुनसक्छ कारण

पत्रकार दिलभुषण पाठकविरुद्ध जिल्ला अदालत काठमाण्डौंले पक्राउ पुर्जी जारी गरेको छ ।

पाठकविरुद्ध साइबर ब्यूरोले अदालतबात पक्राउ पुर्जी माग गरेको राजधानीस्थित पत्रकारले बताएका छन् ।

उनलाई पक्राउ पुर्जी जारी गर्नुको कारण नखुलाइए पनि पाठकले आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले काठमाण्डौंको हिल्टन होटल किनेको शेयरसम्बन्धी सामग्री पस्केका थिए ।

सोही भिडिओ सामग्रीबारे उजुरी परेपछि पाठकलाई पक्रन आदेश लिइएको जानकार बताउँछन् ।

पाठक पक्राउ पुर्जीबारे नेपाल पत्रकार महासंघको आधिकारिक धारणा आइसकेको छैन ।

Scroll to Top