नयाँलिपिः पोखराको खानेपानी मुहान मर्दीको ड्यामबाट सशस्त्र प्रहरी बल, कालिका गणको गोताखोरले २ बालकको शव निकालेको छ ।
बालकहरु पौडी खेल्नेक्रममा डुबेका हुन् । दुबै बालक माछापुच्छ्रे गाउँपालिका वडा ६ का १३ वर्षीय विवश र १४ वर्षीय विशाल परियार हु्न् ।
परियारद्वय डुबेको खबर पाएलगत्तै कालिका गणबाट प्रहरी निरीक्षक दिपेन्द्र कटवालको नेतृत्वमा गएको टोलीमार्फत उनीहरुको शव निकालिएको हो ।