पोखरालाई सडक मानवमुक्त बनाउन महानगरद्वारा आश्रमसँग सहकार्य

santan ads

नयाँलिपिः पोखरा महानगरपालिकाले यस क्षेत्रलाई सडकम मानवमुक्त गर्ने योजनाअनुरुप मानवसेवा आश्रमसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।

सडक आश्रित व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र सामाजिक पुनर्स्थापनाका आश्रमसँग सहकार्य गर्दै लक्ष्य हासिल गर्ने योजनाअनुरुप महानगरले आवश्यक समन्वय र सहयोग गर्न तत्पर रहेको महानगर प्रमुख धनराज आचार्यले बताए ।

मानवता प्रवर्द्धनको अभियानमा हातेमालो गर्न महानगर दृढ रहेको उल्लेख गर्दै प्रमुख आचार्यले पोखराको छोरेपाटन र हेमजामा सञ्चालित आश्रमको व्यवस्थापन तथा सेवा विस्तारका लागि महानगरबाट आवश्यक साझेदारी हुने बताए ।

पर्यटन राजधानीमा सडक मानवको उपस्थितिले सामाजिक मर्यादामा प्रभाव पार्ने हुँदा उनीहरूको सम्मानजनक व्यवस्थापनमा महानगर गम्भीर रहेको जानकारी उनले दिए ।

उपप्रमुख मन्जुदेवी गुरुङले मानवसेवा आश्रमको कार्यको प्रशंसा गर्दै पोखरा सडक मानवमुक्त घोषित भए पनि समयसमयमा देखिने समस्याको तत्काल समाधानमा आश्रमको सक्रियता महत्त्वपूर्ण रहेको बताइन् ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले ‘मिसन २०८२’ अन्तर्गत नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ कार्य अघि बढिरहेको जानकारी दिए ।

आश्रमले पछिल्ला १२ वर्षमा औसत दैनिक तीन जनाका दरले ११ हजार ५१४ जनाको उद्धार गरिसकेको जानकारी उनले दिए ।

Scroll to Top