साढे ३ करोडको अवैध सामानसहित तीन भारतीय कन्टेनर पक्राउ

santan ads

नयाँलिपिः नेपाल प्रहरीले आज अपरान्ह अवैध सामानसहित भारतबाट नेपाल भित्रिनेक्रममा ३ कन्टेनर पूर्वी नाकाबाट नियन्त्रणमा लिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठले दिएको जानकारी अनुसार ३ भारतीय कन्टेनरमा अनुमानित ३ करोड ६१ लाख रुपैयाँ बराबरको सामान रहेको छ ।

ट्रकमा कृषि क्षेत्रमा प्रयोग हुने हार्भेस्टर मेसिनलगायत सामग्री रहेका छन् । उक्त कन्टेनरहरुले भन्सार छली गरी सामान ल्याएको सूचनाको आधारमा पक्राउ गरिएको श्रेष्ठले बताए ।

कांकरभिट्टा हुँदै नेपाल भित्रनेक्रममा पक्राउ परेका कन्टेनरहरुलाई नियन्त्रणपश्चात् राजश्व अनुसन्धान कार्यालय इटहरीमा थप अनुसन्धानकालागि पठाइएको जिप्रका झापाले जनाएको छ ।

Scroll to Top